+
+

एमाले महाधिवेशन हेर्न चितवन आएकाहरू भन्छन् : अब भाषण होइन, विकास चाहिन्छ

जनक विष्ट जनक विष्ट
२०७८ मंसिर ११ गते १३:१२

१० मंसिर, चितवन । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका नेत्रप्रसाद पराजुुली १६ घण्टाको बस यात्राबाट शुक्रबार चितवन आइपुगे । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन हेर्न चितवन आइपुगेका उनी आफू कांग्रेस समर्थक भएको बताउँछन् ।

‘म एमालेको कार्यकर्ता होइन । तर, केपी ओलीको शुभेच्छुुक भएकाले यहाँ आएको हुँ,’ पराजुलीले अनलाइनखबरसँग भने, ‘अरु नेता भन्दा ओली मलाई मन पर्छ । अब सबै मिलेर विकास निर्माणलाई तीव्रता दिनुपर्छ ।’

गाउँका एमाले कार्यकर्ता चितवन आउँदा पराजुली पनि सँगै बसमा आएका हुन् । ओलीलाई प्रत्यक्ष भेट्ने अवसर पाइएला भनेर उनी चितवन आएको बताउँछन् । उनी कांग्रेस र कम्युनिस्टले विकासमा प्रतिस्पर्धा गर्नुपर्ने बताउँछन् । ‘फुटाउने र लड्ने भन्दा पनि विकासको प्रतिस्पर्धा जरुरी छ’ पराजुली भन्छन् ।

एमालेको महाधिवेशन हेर्न चितवनको भरतपुर नगरपालिका-९ का बिर्खबहादुर गुुरुङ पनि नारायणी किनार आइपुगेका थिए । अहिलेसम्म कुनै पनि दलको सदस्यता नलिएको बताउने गुुरुङ, केपी ओलीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा पनि आउने खबर सुनेकाले आएको बताउँछन् । ८२ वर्षीय गुुरुङले भने, ‘नेता भइसकेपछि देशको उन्नती प्रगति हुने काम गर्नुपर्छ । गरीब, निमुुखालाई हेर्नुपर्छ,, अरु देशमा जस्तो विकास नेपालमा भएको देखिएको छैन । अब जनता भुुलाउने भाषण होइन, काम गरेर देखाउनुुपर्छ ।’

जनताको आन्दोलनबाट राजा फालेर गणतन्त्र स्थापना गरे पनि नेताहरुले जनचाहनाअनुसार काम गर्न नसकेको गुरुङ बताउँछज् । ‘राजा फालेर गणतन्त्र ल्यायौँ । तर हाम्रा नेताहरुले सुुनौँ सुुनौँ लाग्ने भाषण सुनाएरै सोझासाझा जनतालाई भेडा बनाएका छन्,’ उनी भन्छन्, ‘आपसमै लडाइँ झगडा गरेर नेताहरुबीच कुुर्सीको होडबाजी चलेसम्म विकासले गति लिदैन् ।’

कञ्चनपुर भीमदत्त नगरपालिका-२ का प्रकाश जोशी व्यापार बन्द गरेर महाधिवेशन हेर्न आएका थिए । चिवतनमै व्यापार गर्ने उनी महाधिवेशनस्थल आउनुको कारण भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा एमालेको महाधिवेशन हुनु हो ।

‘राजनीतिमा धेरै रुची त राखिदैन । कुनै पार्टीको सदस्यता पनि लिएको छैन,’ जोशी भन्छन्, ‘विगतमा एउटै पार्टीका अध्यक्ष भएर सँगै काम गरेका प्रचण्डको ठाउँमा ओलीको पार्टीले कस्तो भेला गर्ने रहेछ भनेर हेर्न आएको ।’

सिराहा नगरपालिका-२ का माली भण्डारी शुक्रबार बिहान १० बजे नै चितवन आइपुुगेका थिए । नारायणी नदीको पुुलमा भएको जाम छिचोल्दै ११ बजे एमाले महाधिवेशनस्थल पुुगे । महाधिवेशनस्थलमा नेताहरुको भाषण सुनेपछि उनले भने, ‘हामीलाई अब विकास चाहिन्छ । गाउँमा बाटोघाटो, खानेपानी, सिचाइँ, बिजुुली बत्ती छैन । हाम्रो माग पूरा हुनुपर्छ ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?