+
+

कांग्रेस अधिवेशनमा राज्यशक्तिको दुरुपयोग भयो : अमरेश सिंह

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १९:१८

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अमरेश कुमार सिंहले पार्टी संस्थापन पक्षले अधिवेशनमा राज्यशक्तिको दुरुपयोग भएको आरोप लगाएका छन् ।

उनले पार्टीको विधि, पद्धति र लोकतान्त्रिक प्रक्रिया विपरीत प्रहरी प्रशासनको दुरुपयोग गरेर संस्थापन पक्षले अधिवेशन परिणाम आफूअनुकुल बनाउन खोजेको आरोप लगाए ।

७६ जिल्लामा अधिवेशन सम्पन्न भइसक्दा सिंहको गृहजिल्ला सर्लाहीमा भने वडा अधिवेशन मात्रै भएको छ । पार्टीका दुई पक्षबीच समझदारी नहुँदा केन्द्रले पठाएका जिल्ला निर्वाचन अधिकृतहरु अधिवेशन नगराई फर्किन थालेपछि सर्लाही अधिवेशन अनिश्चित भएको हो ।

कांग्रेस नेता सिंहले सर्लाहीमा अधिवेशन नहुनुमा पार्टी सभापतिमाथि दोष लगाएका छन् । उनले प्रधानमन्त्री एवं सभापति देउवाले आफ्नो पक्षमा परिणाम ल्याउन सर्लाहीमा अधिवेशनमा जालझेल गर्न खोजेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?