
२७ मंसिर, गोरखा । फलामको रेलिङ हाल्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गण्डकी गाउँपालिका–२ ताङ्लीचोक साँधीखोलाका २८ बर्षका टीकाराम थापा रहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो घ्याप्रिङ गाउँस्थित ठाकुर गुरुङको घरमा फलामको रेलिङ हाल्ने क्रममा थापालाई करेन्ट लागेको थियो । घाइते भएका उनलाई उपचारका लागि गोरखा अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।
थापाको शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी प्रकाश दाहालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4