+
+

‘चपली हाइट ३’ फेरि सर्‍यो, अब पुस ३० मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १४:३७

१ पुस, काठमाडौं । चलचित्र ‘चपली हाइट ३’को प्रदर्शन मिति फेरि सरेको छ । यसअघि पुस २ बाट सारेर १५ गते प्रदर्शन मिति पुर्‍याएको यो चलचित्र अब पुस ३० गते मात्रै रिलिज हुने भएको छ ।

शुरुमा पुस २ गतेलाई रिलिज मिति तोकेको यो चलचित्रले हलिउड चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ र साउथ इण्डियन चलचित्र ‘पुष्पा’का कारण १५ गतेलाई प्रदर्शन मिति तोकेको थियो ।

चलचित्र ‘कठपुतली’ले यसअघि नै पुस १६ गतेलाई रिलिज मिति तोकिसकेको अवस्थामा ‘चपली हाइट ३’ जुध्न आइपुगेको थियो । एउटा नेपाली चलचित्र हलमा रिलिज भएको दुई सातासम्म अर्को नेपाली चलचित्र रिलिज गर्न पाइने नियमको उल्लंघन भएको भन्दै ‘चपली हाइट ३’लाई पछि सार्न दबाब बढिरहेको थियो ।

आइतबार दिउँसो नेपाल चलचित्र संघको कार्यालयमा चलचित्र विकास बोर्ड, चलचित्र संघ र ‘चपली हाइट ३’ निर्माणपक्षबीच भएको छलफलमा निर्माता अर्जुन कुमार आफ्नो चलचित्रको रिलिज पछि सार्न तयार भएका हुन् ।

यदि यो चलचित्रको प्रदर्शन मिति नसरेको खण्डमा अन्य नियम समेत लागू नगर्ने चेतावनी हल सञ्चालकहरुले दिइरहेका थिए । चलचित्रको ट्रेलर बजाएको रकम नलिने, हलमा पोष्टर राखेको रकम नलिने, पहिलो सातामा नेपाली चलचित्रले ५५ प्रतिशत शेयर र बाँकी हप्तादेखि ५० प्रतिशत शेयर पाउने  नियम पनि चलचित्र संघले बनाएको थियो ।

निकेश खड्काको निर्देशनमा बनेको ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, आमिर गौतम लगायतको मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?