+
+

दुबइमा अबदेखि घरको बार्दलीमा कपडा सुकाए जरिवाना !

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते १४:५६

१५ पुस, काठमाडौं । अबदेखि युएइको दुबइमा स्थानीय बासिन्दाले घरको बार्दलीमा कपडा सुकाउन पाउने छैनन् । यदि अटेरी गरेर बार्दलीमा कपडा सुकाएको पाइएमा स्थानीय प्रशासनले जरिवाना तिराउनेछ ।

स्थानीय प्रशासनले हालै लागू गरेका नियम अनुसार अबदेखि दुबईमा बाल्कोनीमा कपडा सुकाउन मात्र होइन बाल्कोनीमा उभिएर चुरोट पिउन तथा चुरोटको ठुटा वा खरानी तल फ्याँक्न पनि पाइनेछैन ।

दुबइ नगरपालिकाका अनुसार सहरलाई सफा राख्नका लागि यो कदम उठाइएको हो । दुबइ नगरपालिकाले बासिन्दाहरुलाई आफ्नो अपार्टमेन्टको बाल्कोनीको दुरुपयोग नगर्न आग्रह गरेको छ । घरको बार्दली भद्दा देखिने र काण्ड बन्ने काम नगर्न नगरपालिकाले ट्वीटरमार्फत् आग्रह गरेको छ ।

दुबइ नगरपालिकाका अनुसार बाल्कोनीको दुरुपयोग गर्ने यी काम गरेमा जरिवाना तिर्नुपर्नेछः

  •  बाल्कोनी वा झ्यालमा कपडा सुकाउने
  •  चुरोटको ठुटा वा चुरोटको खरानी बाल्कोनीबाट तल फ्याँक्ने
  •  बाल्कोनीबाट फोहोर तल फ्याँक्ने
  •  बाल्कोनी सफा गर्दा पानी तल फ्याँक्ने वा एसीको पानी तल चुहाउने
  •  बाल्कोनीमा स्याटेलाइट डिस वा अन्य एन्टेना लगाउने
  •  चराहरुलाई चारो खुवाउने

उल्लेखित कामहरु गरेर नियम उल्लंघन गरेमा ५ सय देखि १५०० दिरहामसम्म जरिवाना तिर्नुपर्नेछ ।

स्मरण रहोस् यसअघि सन् २०१८ कुबेतले पनि यस्तै नियम बनाएको थियो । तत् पश्चात् बहराइमा पनि बाल्कोनीमा अण्डरवेयर लगायतका कपडा सुकाउन प्रतिबन्ध लगाइएको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?