
१८ पुस, काठमाडौं । नाजिर हुसेन र एलिसा राईको अभिनयमा ‘चरा’ बोलको गीत सार्वजनिक भएको छ । राजन मुकारुङको शब्द तथा संगीत रहेको गीतमा राजेशपायल राई र सीता सिंगकले स्वर दिएका छन् ।
गीतको भिडियोलाई पवित्र राईले निर्देशन गरेका छन् । प्रेम प्रसङ्गलाई केन्द्रमा राखिएको गीतको भिडियोमा नाजिर हुसेन र एलिसा राईले अभिनय गरेका छन् । भिडियोमा राईहरूको मौलिक पहिरन र संस्कृतिलाई समेत प्रस्तुत गरिएको छ । बुद्ध थापाले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
पवित्र राईको निर्देशनमा यसअघि ‘हवाइजहाज’, ‘मौलिकता’, ‘अँधेरी रातको सपनी’लगायत गीत सार्वजनिक भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4