+
+

आफ्नो बचाउ गर्दै भौतिक पूर्वाधारमन्त्रीको वक्तव्य : यसलाई सामान्य रुपमा लिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १३:०९

१० माघ, काठमाडौं । जनमत पार्टीका नेता सीके राउतलाई ज्यान मार्ने धम्की दिएपछि विवादमा परेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो बचाउ गरेकी छन् ।

बलिदानी दिवसको कार्यक्रममा सहभागी हुन ५ माघमा गौर पुगेकी जनता समाजवादी पार्टीका नेता एवं मन्त्री यादवलाई जनमत पार्टीका नेता कार्यकर्ताले अवरोध गर्ने प्रयास गरेका थिए । अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी मन्त्री यादवले २०६३ मा भएको गौर घटना सम्झाउँदै राउतलाई ज्यानमार्ने धम्की दिएकी थिइन् ।

हिंसात्मक अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवलाई बर्खास्त गर्नुपर्ने माग चर्को उठेको छ ।

मन्त्री यादवले भने सोमबार वक्तव्य जारी गर्दैआफ्नो वक्तव्य कसैप्रति लक्षित नभएको दाबी गरेकी छन् । सोमबार वक्तव्य जारी गर्दै मन्त्री यादवले आफूले आपसी मुठभेड नगर्न वा हुन नदिन, हिंसात्मक गतिविधि हुनबाट जोगाउने अभिव्यक्ति दिएको दाबी गरेकी छन् ।

आफ्नो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको भन्दै उनले भनेकी छन्, ‘मेरो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको जानकारी लागि अनरोध गर्दछु ।’

आफ्नो अभिव्यक्ति व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएपनि त्यस्तो भ्रम पर्न गएको भन्दै उनले दुःख व्यक्त गरेकी छन् । उनले भनेकी छन्, ‘यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । आगामी दिनमा यसप्रति रचेत रहनेछु ।’

हेर्नुस् भौतिक पूर्वाधारमन्त्री रेणु यादवले जारी गरेको वक्तव्‍य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?