+
+

अनलाइन जुवा खेल्दै गरेका ७४ जना पक्राउ

रासस रासस
२०७८ माघ १७ गते १९:५२

१७ माघ, काठमाडौं । काठमाडौंको बौद्धस्थित प्लटिङ नजिकको एक रेष्टुरेन्टमा जुवा (बिङ्गो) खेल्दै गरेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा आइतबार साँझ महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।

कोभिड-१९ को महामारीको समयमा ठूलो सङ्ख्यामा मानिस भेला भई अनलाइन बिङ्गो खेलमा संलग्न रहेका भनी विशेष सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो । उक्त खेलमा प्रयोग गरिने सामग्री मोबाइल, बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगदसमेत नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरूको साथबाट ६ लाखभन्दा बढी रकमसमेत बरामद गरिएको छ ।

उनीहरूमाथि बौद्ध प्रहरीले मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद-५ अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?