+
+

सरकारले खुला गर्‍यो सुपारी, केराउ र मरिचको आयात

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १७:२६

२६ फागुन, काठमाडौं । सरकारले विवादकै बीच सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना जारी गर्दै यस्ता वस्तु आयातमा २४ चैत २०७६ मा लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो ।

रापजत्रमा प्रकाशित सूचनामा कुन वस्तुको आयात कति परिमाण हुने भन्नेबारे प्रष्ट रुपमा केही खुलाइएको छैन । औद्योगिक प्रयोजनका लागि सम्बन्धित उद्योगले नै आयात गर्न पाउने गरी आयात खुला गरिएको राजपत्रमा उल्लेख छ ।

उद्योगहरुले आयात अनुमतिका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा निवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।

इन्डोनेसिया, मलेसिया, क्यानडा लगायतका मुलुकबाट आयात हुने सुपारी र केराउ नेपालबाट तस्करी भएर भारतीय बजार पुग्ने भन्दै आयात खुला नगर्न अर्थ विद्हरुले सरकारलाई सुझाब दिएका थिए ।

यसैगरी किसानले पनि स्वदेशी उत्पादनले बजार नपाउने भन्दै सुपारी लगायतका बस्तु आयात नगर्न सरकारलाई दबाब दिँदै आइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?