
८ चैत, भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चिन सरकारका कारणले गर्दा भक्तपुरमा वीर अस्पताल बनाउन नसकिएको बताएका छन् ।
चाँगुनारायण नगरपालिका वडा नं. १ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजनाको जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले भक्तपुरमा चिन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको, तर विभिन्न कारणले चिन सरकारको सहयोग नपाएका कारण हालसम्म अस्पताल निर्माण हुन नसकेको बताए ।
चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमणका बेलामा यो विषयलाई एजेण्डामा राखेर छलफल हुने र निर्माणका लागि चिनियाँ सरकारलाई सहमत गराउने प्रयास गर्ने पनि उनले बताए ।
‘सत्य कुरो के हो भन्दा चिनले दिन्छ भन्ने आँट र आशामा हामीले यसलाई अगाडी बढायौं’, उनले भने, ‘विभिन्न कारणले डिस्टर्ब भयो । कोरोना आएर डिस्र्टब भयो । अब यसलाई हामी अगाडी बढाउँछौँ । मलाई लाग्छ परराष्ट्रमन्त्रीको भ्रमण पर्सि २५ गते यो एजेण्डालाई हामीले प्रवेश गर्न सक्यौँ र परराष्ट्र मन्त्री मार्फत् चिनियाँ सरकारलाई सहमती गराउने स्थितिमा पुग्यौँ भने यो प्रोजेक्ट अगाडी बढ्छ, बढाउनुपर्छ ।’
उनले चिन सरकारको सहयोगमा निर्माण हुन नसके दाताहरु पनि खोज्दै नेपालले आफ्नै लगानीमा निर्माण कार्य प्रारम्भ गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4