+
+

केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिए : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १४:१६

२८ चैत, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाएका छन् ।

सोमवार काठमाडौंमा चैत्र २७ गतेबाट सुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले अहिले देशमा विदेशी मुद्राहरुको सञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए ।

एमाले सचिव भट्टराईले नेपाललले अहिले विदेशी मुद्रा आयात गर्ने भन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको पनि बताए । उनले नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थीहरु विदेश पलायन भइरहेको बताए ।

उनले भने, ‘आज शिक्षा, स्वास्थ्यमा भएको नियोजनले हाम्रा कतिपय विद्यार्थीहरु पढ्नको लागि विदेश पलायन भइरहेका छन् । त्यसले हाम्रो मुद्रा कति बाहिरिरहेको छ । के हामीले यसको कुनै आँकलन गरेका छौँ ?’

सचिव भट्टराईले जनशक्ति उत्पादन दिने कुरामा ध्यान दिँदै जनसंख्या र जनशक्ति उत्पादन गर्ने कुरालाई सन्तुलित बनाउन आवश्यक रहेको बताए।

सचिव भट्टराईले भने, ‘केही मानिसहरुको सन्कीपनले हाम्रा नीतिहरु भड्किएका छन् । केही मानिसहरुको अर्ग्ल्याँइले हाम्रा नीतिहरु गलत ठाउँमा गएका छन् । आज हामीसँग विदेशी मुद्राहरुको सञ्चिति छैन, घटिरहेको छ । चिन्ता व्यक्त भइरहेको छ । किनभने हामीले ज्यादा भन्दा ज्यादा निर्यात गरिरहेका छौँ ।’

उनले कुनैपनि उमेर समूहका मानिसहरुलाई स्वास्थ्यको आधारभूत सेवाबाट वञ्चित गर्न नहुने पनि बताए । उनले भने, ‘जनशक्ति उत्पादन गर्ने काममा कति ध्यान दिएका छौँ ? जनसंख्या र जनशक्तिको रेस्यूमा हामी ठिक ठाउँमा छौँ कि छैनौँ यो विषय पनि छलफलको विषय छ । कुनै पनि उमेर समूहका कुनैपनि मानिसहरु स्वास्थ्यको आधारभुत सेवाबाट बञ्चित हुनुहुँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?