+
+

सिनेमा हल भोलि आंशिक र चुनावको दिन पूर्ण रुपमा बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते १२:१३
फाइल तस्वीर

काठमाडौं । स्थानीय तह निर्वाचनको दिन शुक्रबार मुलुकभरका सिनेमा हल बन्द हुने भएका छन् भने बिहीबार आंशिक बन्द रहने भएका छन् ।

बिहीबार अपरान्हसम्म मात्र हलहरुमा शो राखिएका छन् । क्यूएफएक्सले विज्ञप्ति जारी गर्दै बिहीबार ३ बजेसम्म मात्र फिल्म देखाइने जनाएको छ भने चुनावको दिन ३० गते मुलुकभरका आउटलेट बन्द रहने जानकारी दिएको छ ।

बिग मुभिजका म्यानेजर दीपेश शर्माले पनि बिहीबार आंशिक र मतदानको दिन पूर्ण रुपमा हल बन्द हुने बताए । चुनावको भोलिपल्ट अर्थात् वैशाख ३१ गते शनिबार मात्र हलहरु खुल्ने जनाइएको छ ।

अहिले नेपालका हलहरुमा हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ र नेपाली फिल्म ‘लक्का जवान’ प्रदर्शन भइरहेका छन् । चुनावको प्रभावको कारण हलहरुमा उल्लेख्य दर्शक उपस्थित हुन नसकेको हल सञ्चालकले बताएका छन् ।

स्थानीय तहको चुनावलाई लक्षित गर्दै गत सातादेखि काठमाडौं उपत्यका बाहिर जानेको संख्यामा वृद्धि भएको छ । गाउँ जाने र फर्कने गतिविधिले वैशाखभर फिल्मको प्रदर्शन प्रभावित हुने हल सञ्चालकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?