+
+

संसद् कुण्ठा र आक्रोश व्यक्त गर्ने थलो होइन : पूर्वसभामुख घर्ती

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १५:३६

१३ जेठ, काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीले संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफललाई विषयान्तर गरिएको भन्दै आपत्ति जनाएकी छन् ।

संसद आमजनताको भावना अभिव्यक्त गर्ने र आफ्ना प्रतिनिधिमार्फत जनताले सार्वभौमसत्ताको प्रयोग गर्ने थलो भए पनि त्यसलाई कुण्ठा र आक्रोश अभिव्यक्त गर्ने माध्यम बनाइएको टिप्पणी गरिन् ।

सरकारको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा ओलीले बिहीबार सत्ता गठबन्धनविरुद्ध तीन घण्टा लामो राजनीतिक मन्तव्य दिएका थिए । त्यसप्रति संकेत गर्दै घर्तीले भनिन्, ‘संसद भनेको आम जनताको भावना अभिव्यक्त गर्ने थलो हो । जनताको सार्वभौम सत्ताको उच्चतम प्रयोग आफ्ना प्रतिनिधिमार्फत अभिव्यक्त हुने गर्दछ, तर केही दिनयता संसदमा भइरहेको नीति तथा कार्यक्रममाथिको छलफलको रुझान हेर्दा एकातिर कुण्ठा र आक्रोश अभिव्यक्त भइरहेको छ भने, अर्कातिर मूल विषयबाट विषयान्तर हुने प्रवृति देखिएको छ ।’

उनले मुलुकको विकासका लागि सत्ता पक्ष र प्रतिपक्षबीच हातेमालो हुनुपर्नेमा जोड दिइन् ।

घर्तीले विगतमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले मिहेनतपूर्वक दिएका सुझाव बेवास्ता गर्ने परम्परा रहेको भन्दै यसपटक त्यसो नगर्न सरकारलाई सुझाव दिइन् ।

नीति तथा कार्यक्रमले आधारभूत रुपमा सही विषय समेटेको भन्दै उनले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थान, शोधानान्तर घाटालाई न्यूनीकरण, मूल्य वृद्धि नियन्त्रण तथा कृषि, उद्योग र ऊर्जा क्षेत्रमा उत्पादन वृद्धि एवं पर्यटन प्रवद्र्धनको नीति सही रहेको उल्लेख गरिन् ।

नीति तथा कार्यक्रममा गरिबी निवारण र रोजगारी वृद्धिका लागि ठोस कार्यक्रम, समेटिनु, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा थप नयाँ कार्यक्रम घोषणा हुनु सकारात्मक भए पनि विगतमा कृषि क्षेत्रमा राज्यले गरेको लगानीबाटल अपेक्षाकृत प्रतिफल प्राप्त हुन नसकेको बताइन् ।

देशमा पछिल्लो समय सार्वजनिक भएका महिला हिंसाका घटनालाई आधार मान्दा छोरीहरु सुरक्षित हुने वातावरण नदेखिएको र यो राज्यका लागि चुनौतीपूर्ण विषय भएको घर्तीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?