+
+

घनश्याम भूसालमाथि कारबाही सिफारिस पार्टी कमिटीमा छलफल गरेर निर्णय लिन्छौं : पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते १२:१८

२४ जेठ, काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भूसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले घनश्याम भूसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा भएको बताए । उनले सो विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफलपश्चात निर्णय लिइने बताए ।

‘कुनै पनि चिज कमिटीमा छलफल हुन्छ । यदि कुनै विषय हो भने कमिटीमा आउँछ । छलफल हुन्छ । कमिटीले निर्णय गर्छ । बाहिर जसरी सुन्छु नि मैले, म न्यूजहरु हेर्छु । पढ्छु । मलाई पनि अचम्म लागेको छ ।’ उनले भने, ‘ केही इस्यु कुनै व्यक्ति विशेषको, कुनै निर्णय विशेषको, कुनै बोलि विशेषको छ भने पनि कमिटीको आन्तरिक एजेण्डा हो यो । बाहिर पब्लिक कन्जम्सनको विषय होइन नि यो । त्यो विषय त छलफल गरौँला नि कमिटीमा हामी ।’

यस्तै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपाएमालेका केन्द्रीय सदस्य तथा सांसद झपट रावलले पार्टी भित्रका कमी कमजोरीहरुलाई समीक्षा गरेर एकतावद्ध हुनुपर्ने बताए । पार्टीको आन्तरिक अवस्था सुदृढ नभएमा पार्टी बलियो हुन नसक्ने उनको भनाई छ ।

कोही पनि आवेग र उत्तेजनामा नआई पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनले बताए । उनले भने, ‘यतिबेला नेकपा(एमाले) एकतावद्ध भएर अगाडी जानुपर्छ । हामी आवेग, उत्तेजनामा होइन कोहीपनि आउनु हुदैनँ । र पार्टीलाई एकढिक्का बनाएर जानुपर्छ ।’

उनले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको उल्लेख गर्दै सो कुरा पार्टीपंक्तिले नबुझेमा प्रतिक्रियावादी शक्तिहरुलाई सहयोग गरेको ठहरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?