+
+

काठमाडौं महानगरको कार्यपालिका सदस्य चयन गर्न आज मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते १३:५४

२४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको ८ सदस्यको लागि मंगलबार निर्वाचन भइरहेको छ ।

काठमाडौं महानगरपालिकाको कार्यपालिका ४२ सदस्यीय हुनेछ । जसमा मेयर, उपमेयर र ३२ वटा वडाका वडाध्यक्ष पदेन सदस्य हुनेछन् । अरु ८ जना भने निर्वाचनबाट चयन हुनेछन् । मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यसमेत गरी १६१ मतदाताले आठ जना कार्यपालिका सदस्य चयनका लागि मतदान गर्नेछन् ।

महानगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत छ । १६१ मध्ये ९३ जना कांग्रेसबाट निर्वाचित छन् ।

नगर कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल पनि गरेका छन् । जस अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीले १–१ सदस्य पाउनेछन् भने ६ सदस्य कांग्रेसको रहनेछन् ।

काठमाडौं महानगरपालिकामा १६१ जनप्रतिनिधिमध्ये कांग्रेसको ९३, एकीकृत समाजवादीका ५ गरी सत्ता गठबन्धनमा ९८ जना छन् । त्यस्तै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि ६२ जना छन् भने मेयर बालेन साह स्वतन्त्र हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?