+
+

लेखक संगीतमाथि लाग्यो यौन दुर्व्यवहारको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २५ गते २०:५६

२५ असार, काठमाडौं । लेखक संगीतमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । पुस्तक सम्पादनका क्रममा लेखक संगीतले आफूमाथि यौन दुर्व्यवहार गरेको एक लेखकले शनिबार साँझ फेसबुक लाइभमार्फत बताएकी हुन् ।

पीडित लेखकका अनुसार उनी पुस्तक सम्पादनका क्रममा संगीतकै कोठामा पुगेकी थिइन् । पुस्तकको काम गरेपछि आफूहरु अलग अलग कोठामा सुतेको र बिहानपख आफू सुतिरहेको भान्साकोठाको खाटमा आएर संगीत पल्टिएको भन्दै उनले भनेकी छन्, ‘मैले सोच्नै सकिनँ । म कोठाबाट बाहिर गएँ ।’

केहीबेरपछि कोठामा फर्किंदा संगीतले चिया बनाएर दिदी चिया खाउँ भनेको उनले सुनाइन् । आफ्नो प्रतिवादको सन्देश बुझ्यो होला भन्ने लागेर आफू त्यो दिन संगीतसँग राजेन्द्र महर्जन र आहुतिलाई भेट्न गएको स्वीकार गरेकी छिन् ।

साँझ फेरि कोठामा आएपछि पुस्तकको काम गरेको उनले सुनाइन् । काम सकेर एकछिन कुराकानी गर्ने क्रममा संगीतले आफ्नो हातको चुरा समाएर चुरा किन लगाउनुहुन्छ भनेर सोधेको उनले सुनाइन् ।

‘मैले त्यसको उत्तर दिन खोज्दा खोज्दै उसले हात मुसार्न थाल्यो । मैले आफ्नो हात आफूतिर तानें र, भाइ तपाईं सुत्न जानुस् भनें’ उनले भनिन्, यो मान्छेले मसँग एड्भान्टेज लिन खोज्यो भन्ने महसुस भयो । म कमजोर भएँ भने उसले मलाई भ्याउँछ भन्ने लाग्यो ।’

त्यसपछि आफूले उनलाई धकेल्दै ढोकामा पुर्‍याउँदा नपुर्‍याउँदै संगीतले च्याप्प समातेर गालामा किस गरेको उनले सुनाइन् । उनले भनिन्, ‘यो अप्रत्यासित थियो । तिमी र म त दिदी भाइ हो नि भाइ मात्र भन्न सकें ।’

यो घटनापछि आफूले संगीतलाई धकेलेर चुकुल लगाएको र मुश्किलले रात कटाएर भोलिपल्ट घर फर्किएको उनले सुनाइन् ।

संगीतले गरे प्रतिवाद

लेखक संगीतले भने पीडितले भनेजस्तो घटना नै नभएको उल्लेख गरेका छन् । शनिबार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै आरोपहरुको प्रतिवाद गरेका छन् ।

संगीतले पीडित भनिएकी लेखकले प्रतिशोध साध्ने उद्देश्यले खडा गरिएको एउटा झुट स्थापित गर्न दर्जनभन्दा बढी अरु झुटको लेपन लगाउने प्रयास गरेको बताएका छन् ।

पीडितले आफ्नो पुस्तकको समीक्षामा आलोचना भएपछि सहन नसकेर विचलित भएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?