+
+

विदेशी प्रेमिकासँग अभिनेता रेमनदास श्रेष्ठले कसे लगनगाँठो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १२:०८

काठमाडौं । अभिनेता एवं टेलिभिजन पर्सनालिटी समेत रहेका रेमनदास श्रेष्ठले विदेशी प्रेमिकासँग परम्पराअनुसार विवाह गरेका छन् । बिहीबार काठमाडौंको एक रेस्टुरेन्टमा उनले प्रेमिका जेना मुड्रासँग विवाह गरेका हुन् ।

हिन्दू परम्पराअनुसार भएको बिहेमा जेना दुलही पहिरनमा देखिएकी छन् । उनको विवाह समारोहमा उनी निकट अन्य कलाकार समेत सहभागी छन् । रेमन र जेना सात वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

रेमनले जाइरा, द ब्र्रेकअप, जालो, आधा लभ, मेघा, कर्कश र भिजा गर्ल फिल्ममा अभिनय गरेका छन् । चर्चित टीभी रियालिटी शो हिमालय रोडिजका उनी होस्ट समेत हुन् ।

शनिबार चितवनको कुरिनटारमा रिसेप्सन पार्टी आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?