+
+

सत्ता गठबन्धनको बैठक : संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा जुट्यो सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १२:३१
फाइल तस्वीर ।

३१ असार, काठमाडौं । सत्तारुढ गठबन्धनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति दिएको छ ।

मन्त्रिपरिषद्ले विधेयक पास गर्नुअघि कानुनमन्त्री गोविन्द बन्दीले संशोधन विधेयकबारे ब्रिफिङ गरेका थिए । ‘सर्वोच्च अदालतको फैसला र अन्तराष्ट्रिय समुदायको चासोलाई सम्बोधन गर्ने गरी विधेयक बनेको भन्नुभएको छ,’ गठबन्धनका एक नेताले भने, ‘मन्त्रिपरिषदले पास गरेपछि हाउसमा दर्ता हुन्छ ।’

सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरुको म्याद भोलिसम्म छ । स्रोतका अनुसार हालका हाल कायम रहेका पदाधिकारीहरुको म्याद थप्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?