+
+

सरकारलाई एमालेको प्रश्न : एसपीपीबारे अमेरिकालाई पठाएको पत्रमा के छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १३:०२

१३ साउन, काटमाडौं । प्रतिपक्षी नेकपा एमालेले सरकारलाई अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा संलग्न नहुने भनी अमेरिकालाई लेखिएको पत्रमा समावेश रहेको बेहोरा सार्वजनिक गर्न माग गरेको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काले ९ गते नै अमेरिकालाई पत्र लेखेको भनी प्रतिनिधिसभामा बताएपछि सांसदहरुले प्रश्न गरिरहेका छन् । यस क्रममा नेकपा एमालेका सांसदहरुले पत्रमा के छ ? भनी प्रश्न गरेका हुन् ।

एमाले सांसद भीम रावलले अमेरिकालाई पठाएको पत्रको प्रतिलिपी नै माग गरे । एमालेकै सांसद शिवमाया तुम्बाहाम्फेले पत्रमा भएको विवरण सारा नेपालीले थाहा पाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?