+
+

पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको अंग होः पुटिन

राष्ट्रपति पुटिनले पेलेसीको भ्रमणाई ‘अन्य देशहरूको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय दायित्वहरूको अनादरको निर्लज्ज प्रदर्शन’ को रूपमा टिप्पणी गरे ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १६:१७

१ भदौ, मस्को । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको हालैको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको एउटा भाग भएको टिप्पणी गरेका छन् ।

मङ्गलबार मस्कोमा भएको अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी दशौँ वार्षिक सम्मेलनमा उनले पेलोसीको यो भ्रमण एउटा गैरजिम्मेवार राजनीतिज्ञद्वारा मात्र नभएर संयुक्त राज्य अमेरिकाले एसिया–प्रशान्त क्षेत्र र सारा विश्वको अवस्थालाई अस्थिर बनाउने अन्तर्निहित रणनीतिको एक अङ्ग भएको बताए ।

राष्ट्रपति पुटिनले पेलेसीको भ्रमणाई ‘अन्य देशहरूको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय दायित्वहरूको अनादरको निर्लज्ज प्रदर्शन’ को रूपमा टिप्पणी गरे ।

रक्षामन्त्री सर्गेई शोइगुले पनि पेलोसीको ताइवान भ्रमणलाई ‘उत्तेजक अवतरण’ को संज्ञा दिँदै उक्त क्षेत्रलाई अस्थिर बनाउने अमेरिकाको अर्को कदम भएको बताए । चीनको चेतावनीलाई बेवास्ता गर्दै पेलोसीले गरेको ताइवान भ्रमण उत्तेजना भड्काउन गरिएको उनको कटु टिप्पणी थियो ।

सभामुख पेलोसीले हालै ताइपेइ पुगेर राष्ट्रपति साई इङ्ग वेनसँगको भेटवार्तामा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताएकी थिइन् । उनले विश्वभरि लोकतन्त्रको प्रवर्द्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गरेकी थिइन् । साथै उनले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता पनि व्यक्त गरेकी थिइन् ।

कम्युनिस्ट शासित चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेको छ भने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः दाबी गर्न सक्ने बताउँदै आएको छ । अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ । उसले बेइजिङलाई चीन सरकारको रूपमा मान्यता पनि दिएको छ तर ताइवानसँगको अनौपचारिक रक्षा सम्बन्धलाई कायम राखेको छ । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?