+
+

फोहोर व्यवस्थापनबारे छलफल गर्न ककनीमा तीन जिल्लाका सीडीओको बैठक

जनप्रतिनिधि पनि सहभागी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १७:१९
फाइल तस्वीर

१ भदौ, काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनमा भइरहेको असहज परिस्थितिबारे छलफल गर्न नुवाकोटको ककनीमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जनप्रतिनिधिबीच छलफल भइरहेको छ ।

छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहभागी छन् ।

काठमाडौंका प्रजिअ रिजालका अनुसार छलफलमा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनीवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल लगायत सहभागी छन् । छलफल बुधबार दिउँसो २ बजेदेखि जारी छ ।

‘बुधबार दिउँसो २ बजेदेखि छलफल चलिरहेको छ । छलफलले आजै केही निचोड दिने अपेक्षा गरेका छौं’ प्रजिअ रिजालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?