+
+

राजेन्द्र महतो धनुषा-३ बाट उम्मेदवार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १५:०७

२० भदौ, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् ।

लोसपा धनुषा क्षेत्र नम्बर ३ को सोमबार बसेको बैठकले महतोको नाम प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले जानकारी दिए ।

साहका अनुसार यस क्षेत्रबाट नेता महतोको एकल नाम सिफारिस गरिएको छ । महतो २०७४ को निर्वाचनमा यही क्षेत्रबाट नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्दै विजयी भएका थिए ।

यो क्षेत्रबाट नेकपा एमालेले जुली महतोको नाम सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?