+
+

सर्लाहीमा चट्याङ् लागेर एक जनाको मृत्यु, ४ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १२:३८

४ असोज, वीरगञ्ज । सर्लाहीको ईश्वरपुर नगरपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

ईश्वरपुर– १२ घारिवथानस्थित गुईडुङमा सोमबार चट्याङ खस्दा एक जनाको मृत्यु भएको र ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

चट्याङले लागेर गुईडुङका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए । शव पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ ।

चट्याङले लागेर गम्भीर घाइते भएका घलानलाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पताल लगिएकोे थियो । उपचारको क्रममा राति चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

चट्याङले लागेर घलानकी श्रीमती २६ वर्षीया साइली भनिने नन्दीमाया घलान, २७ वर्षीय वुद्धबहादुर पाख्रिन, ३ वर्षीया प्रतिमा पाख्रिन र २७ वर्षीय रुद्रबहादुर स्याङतान घाइते भएका छन् ।

उनीहरुको जनसेवा अस्पताल बर्दिवासमा उपचार भईरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?