+
+

मार्लन ब्रान्डोको तर्फबाट ओस्कार अवार्ड अस्वीकार गर्ने सचिन लिटलफिदरको निधन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १७ गते २०:२२

काठमाडौं । सन् १९७३ को एकेडेमी अवार्डमा ‘द गडफादर’का लागि मार्लन ब्रान्डोको ओस्कारलाई अस्वीकार गर्ने अमेरिकी आदिवासी महिला सचिन लिटलफिदरको निधन भएको छ ।

स्तन क्यान्सरको कारण आइतबार उनको निधन भएको एकेडेमी अफ मोसन पिक्चर्सले जनाएको छ । ओस्कार अवार्डले गत जुन महिनामा उनीविरुद्ध भएका दुर्व्यवहारका घटनामा माफी समेत मागेको थियो ।

ओस्कारको मञ्चमा लिटलफिदरले अमेरिकी अदिवासीको अधिकारको बारेमा बोल्न जम्मा ६० सेकेण्ड मात्र पाएकी थिइन् । ‘उनी धेरै खेदका साथ यो पुरस्कार स्वीकार गर्न सक्दैनन्,’ लिटलफिदरले मञ्चबाट दर्शकलाई भनेकी थिइन्, ‘यस्तो हुनुको कारण रेड इन्डियन आदिवासीमाथि हलिउडले गरेको शोषण हो ।’

त्यसपछि आयोजित पत्रकार सम्मेलनमा उनलाई आफ्नो मन्तव्यको पूर्णपाठ सुनाउन अनुमति दिइएको थियो जसको पूर्णपाठ न्युयोर्क टाइम्सले प्रकाशित गरेको थियो ।

म्यारी लुइस क्रुज नामकी लिटलफिदर क्यालिफोर्नियामा जन्मिइन् र उनले बाँचुञ्जेल आदिवासीको पक्षमा बोलिरहिन् । ओस्कार अवार्ड आयोजक द एकेडेमीले विज्ञप्ति जारी गर्दै लिटलफिदरलाई स्मरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?