+
+

देउवाले लगाएनन् भाइटीका

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १० गते १३:०९

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन् ।

भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको गत जेठमा निधन भएको थिए । प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका आफूले पनि लगाएका थिएनन् र अरुलाई पनि लगाइ दिएनन् ।

भाइको शोकमा रहेका कारण दशैं र तिहारमा टीका नलगाए पनि प्रधानमन्त्री देउवाले पत्नी आरजु राणासँगै लक्ष्मी पूजा गरेको तस्वीर भने लक्ष्मी पूजाको दिन सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?