+
+

प्रचण्डजीहरु नै प्रतिगमनकारी हो : मोहन वैद्य

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १८:२५

२३ कात्तिक,काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै प्रतिगमन गरेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंस्थित शान्तिवाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा(बहुमत) र माओवादी कम्युनिष्ट पार्टी, नेपालको संयुक्त सभामा उनले प्रचण्डहरुले नै मौलिक हक उपयोग गर्न नदिएर प्रतिगमन गरिरहेको बताएका हुन् ।

‘हामी बहिस्कारवादीलाई किन लाग्ने त्यो आचारसंहिता ? भन्छन् लोकतन्त्र, शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दाखेरी माइक भाँचिदिने, पर्चा, पम्प्लेट लुट्ने, नेता, कार्यकर्ताहरुलाई गिरफ्तार गरेर राख्ने । यो के तरिका हो ? यही हो लोकतन्त्र ?’ वैद्यले प्रश्न गरे, ‘प्रचण्डजीहरु भन्नुहुन्छ प्रतिगमनको बिरुद्ध। यहाँभन्दा ठूलो प्रतिगमन के हो ? जनताको मौलिक अधिकारलाई खोस्ने, अनि कुन प्रतिगमनका बिरुद्ध लड्ने हो ? प्रतिगमन त उहाँहरुले नै गरिरहनुभएको छ । यो के लोकतन्त्र हो ? लोकतन्त्र फाँसिवादतिर गइराखेको छ ।’

उनले नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिस्कार गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?