+
+

भक्तपुरमा ट्याङ्करले ठक्कर दिंदा बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ३ गते १२:००

३ मंसिर, काठमाडौं । भक्तपुरमा ट्याङ्करको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

रामेछापको सुनापाती गाउँपालिका-४ घर भई भक्तपुरको ब्यासी बस्ने ७ वर्षीय बिवेश तामाङको मृत्यु भएको हो ।

झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको ट्याङ्करले भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुल नजिक आज बिहान १० बजे बा५ख ९१४२ नम्बरको ट्याङ्करले ठक्कर दिएको हो ।

ट्याङ्करको ठक्करबाट सख्त घाइते भएका तामाङको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले बालकलाई ठक्कर दिने ट्याङकरका चालक कमलबिनायकका सिताराम पक्का नेवारलाई नियन्त्रणमा लिएको छ ।

घटनाको अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?