+
+

विक्की र श्रद्धाले गरे इन्गेजमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १९:५०

काठमाडौं । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चित विक्की अग्रवाल र रियालिटी शो निर्देशक तथा कलाकार श्रद्धा प्रसाइबीच टीकाटालो (इन्गेजमेन्ट) भएको छ ।

विहिबार राजधानीमा आयोजित समारोहमा विक्की र श्रद्धाले इन्गेजमेन्ट गरेका हुन् । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा भएपनि सम्बन्धलाई सार्वजनिकरुपमा खुलाएका थिएनन् ।

इन्गेजमेन्ट समारोहमा निकट आफन्त र साथीहरु उपस्थित रहे । यो जोडीले हालै कमेडी शो ‘मा कसम यहाँ दुख्छ’मा सहकार्य गरेका थिए । ‘कमेडी च्याम्पियन’बाट यी दुईको प्रेम अंकुराएको थियो ।

विक्की ‘कमेडी च्याम्पियन’का रनरअप हुन् भने श्रद्धाले निर्देशकीय पाटो सम्हालेकी थिइन् । इन्गेजमेन्ट भएपनि विवाहको मिति भने टुंगो लागिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?