+
+

मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २५ देशका ६४ फिल्म देखाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १६:४०

काठमाडौं । सामाजिक न्याय र मानवअधिकार प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १० औं संस्करण आयोजना हुने भएको छ ।

मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा पुस ३ देखि ६ गतेसम्म पर्यटन बोर्डमा महोत्सव हुनेछ । महोत्सवको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उद्घाटन गर्ने जनाइएको छ ।

‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारासहित आयोजना गरिने महोत्सव शान्ता नेपाली निर्देशित फिल्म ‘क्लाइम्बिङ ट्याम्पेचर्स : टप अफ द वर्ल्ड’ प्रिमियरसँगै सुरु हुनेछ । दीपक रौनियार निर्देशित फिल्म ‘फोर नाइट्स’ प्रदर्शनसहित महोत्सव समापन हुनेछ । कथानक, वृत्तचित्र, एनिमेसनसहित २५ देशका ६४ फिल्म महोत्सवमा देखाइने भएको छ ।

यस वर्ष नेपालबाट निर्देशक अविनाशविक्रम शाह, भारतबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टाचार्य, दक्षिण कोरियाबाट मानवअधिकार अभियन्ता सु–ली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा हुनेछन् ।

प्रदर्शन हुने फिल्मलाई चार विधामा नगदसहित पुरस्कृत गरिनेछ । एक जना उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने छ । ‘लुकेर बसेका कथालाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने’ भन्ने विषयमा मास्टरक्लासको आयोजना गरिने भएको छ । भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टाचार्यले मास्टरक्लास दिनेछन् ।

महोत्सवमा ‘जलवायु परिवर्तन र न्यायसम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, फिल्मकर्मीसँग प्यानल छलफल राखिएको छ । फिल्म प्रदर्शनपछि अधिकारकर्मी र फिल्म पारखीबीच अन्तरक्रिया हुनेछन् ।

महोत्सव आयोजनामा युरोपियन युनियन नेपाल (ईयू), अष्ट्रेलियाली दूतावास, इन्टरनेसनल कमिसन अफ जुरिस्ट, आईओएम लगायत विभिन्न संघसंस्थाले सहकार्य गर्ने भएका छन् । चलचित्र विकास बोर्ड, पर्यटन बोर्ड र रिपोटर्स क्लबको सहकार्य हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?