+
+

तम्घास बजारमा अव्यवस्थित तारलाई व्यवस्थापन गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १४:१६

१५ पुस, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजारमा रहेका विद्युतका पोलमा बिभिन्न खालका तारका कारण जोखिम बढदै गएको छ ।

साँघुरो बजार क्षेत्रमा रहेका विद्युतका पोलमा लथालिङ्ग रुपमा झुन्डाइएका टेलिकम, केबल र इन्टरनेटका तारलाई व्यवस्थापन गर्न लागिएको छ ।

विद्युतका पोलमा राखिएका तारका कारण सवारी साधनहरुलाई आवत–जावत गर्न र बजारको सौन्दर्यता पनि हराउदै जान थालेको छ । होचा पोलमा राखिएका तारका कारण कौयौं पटक आगलागि हुने गरेको तम्घासका स्थानीय मोतिप्रसाद श्रेष्ठले बताए ।

उनले बजार क्षेत्रमा होचा र जीर्ण काठका पोलमा तार राख्ने कामले नराम्रो देखिनुका साथै धेरै जोखिम रहेको बताए । अहिले तार व्यवस्थित गर्न थालिएपछि सबै किसिमको जोखिम अत्य हुने श्रेष्ठले बताए ।

पोलमा अव्यवस्थित तारक कारण कहिले काही केबल इन्टर नेटका तार मर्मत गर्न जाँदा तार नचिनिने र जोखिम पनि उत्तिकै रहेको स्थानीय भेषराज अर्यालले बताए । उनले बजार क्षेत्रमा जोजर, ठूला मालवाहक ट्रकहरु आउदा तार पन्छाउदै हिड्नु पर्ने अवस्था रहेको बताए ।

तार व्यवस्थित गर्नाले विद्युत अबरुद्ध नहुनुका साथै जोखिम पनि नहुने अर्यालले बताए । तम्घास बजारका अव्यवस्थित तारहरुलाई रेसुङ्गा नगरपालिकाको सक्रियतामा व्यवस्थापन र होचा जीर्ण काठका पोलहरुको ठाउँमा अग्ला पोलहरु राख्न थालिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

बजार क्षेत्रलाई थप सुन्दर बनाउने नगरपालिकाको लक्ष्य अनुसार तार व्यवस्थाप गर्न लागिएको पन्थीले बताए । अहिले बजार क्षेत्रमा अग्ला पोलमा विद्युतको तार राख्ने काम सकिएको र अब प्रत्येक घरघरमा विद्युत सेवा दिने काम सकिन साथ केबल इन्टरनेटका तार व्यवस्थापनको काम गरिने नगरप्रमुख पन्थीले बताए ।

तम्घास बजारमा राखिएका ८ मिटरका काठका जीर्ण पोलमा विद्युतका तारसँगै अन्य केबल, इन्टरनेटका तारका कारण जोखिम बढदै गएको हो । बजारक्षेत्रमा पुराना काठ र होचा पोलहरुलाई हटाएर अहिले ११ मिटर अग्ला पोलका विद्युतका तारसँगै अन्य तारहरुलाई व्यवस्थापन गरिने भएको छ ।

बजार क्षेत्रमा होचा पोलका कारण मालवाहक सवारी साधानहरुले तार छुने समस्याका कारण दैनिक जसो जोखिम बढदै गएको थियो । बजारक्षेत्रमा होचा पोलमा विद्युतका खुल्ला तारका कारण करेन्टर लाग्ने खतरा समेत भएकाले एबीसी केबल तार समेत राखिने भएको छ ।
नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबल, इन्टरनेटका तार व्यवस्थित गर्ने सहमति समेत गरेर काम अगाडि बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?