+
+

मेडिकल काउन्सिलले हटायो १४३ जना चिकित्सकको नाम

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १८:२७

१२ फागुन, काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका १४३ जना चिकित्सकको नाम हटाइएको छ ।

काउन्सिलले नेपालमा दर्ता भएका चिकित्सकले नाम, ठेगाना र योग्यता खोली दर्ता गर्ने तथा दिवंगत भएकाहरुलाई सदस्यबाट नाम हटाउने उद्धेश्यले चिकित्सकको तथ्यांक अद्यावधिक गरिरहेको छ । जसमा हालसम्म १४२ जनाको चिकित्सकको मृत्यु भइसकेको र एक जनाले गलत कागजात पेश गरेको प्रमाणित भएको छ ।

काउन्सिलले नाम हटाइएका चिकित्सकहरुको विवरण आफ्नो वेवसाइटमा नाम प्रकाशित समेत गरेको छ । काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले अध्यावधिक प्रक्रिया निरन्तर चल्दै जाने जानकारी दिए ।

काउन्सिलको पछिल्लो तथ्यांक अनुसार स्नातक तह (एमबीबीएस र बीडीएस) का चिकित्सकहरुको संख्या ३२ हजार २१८ पुगेको छ । स्नातकोत्तर तह पुरा गरेका (विशेषज्ञ चिकित्सक) हरुको संख्या १० हजार ८० रहेको छ ।

मेडिकल काउन्सिल ऐनको दफा १३ अनुसार दर्ता किताब दुरुस्त राखी समय-समयमा नाम दर्ता भएका चिकित्सकको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्नुपर्ने हुन्छ । साथै निधन भएकाहरुको सदस्यताबाट नाम हटाउने र कुनै दर्तावाल चिकित्सकले आफ्नो व्यवसाय छाडेमा वा आफ्नो ठेगाना बदलेमा रजिष्ट्रारलाई एक महिनाभित्र सूचना गर्नुपर्ने व्यवस्था ऐनमा छ ।

नेपालमा काम गर्छन् ३१८ विदेशी चिकित्सक

काउन्सिलले नेपालका मेडिकल कलेज, चिकित्सा विज्ञान प्रतिष्ठान र निजी अस्पतालमा काम गर्ने विदेशी नागरिकता भएका चिकित्सकहरु ३१८ जनाको दर्ता कायम भएको जनाएको छ ।

नेपालमा काम गर्न विदेशी चिकित्सकले काउन्सिलमा दर्ता हुनैपर्ने प्रावधान छ । नत्र गैरकानुनी रुपमा काम गरेको ठहरिने छ ।

यस्तै, काउन्सिलको अनुसार सन् २०२२ मा व्यवसायिक आचारसंहिता सम्वन्धी ६६ वटा उजुरी परेकोमा २० वटाको निर्णय भएको छ । बाँकी ४६ वटा प्रक्रियामा छन् ।

निर्णय भएका २० वटा उजुरीमध्ये ५ वटामा कारवाही गरिरहनु नपर्ने देखिएको छ । यस्तै ३ वटामा चिकित्सकलाई सचेत गराइएको छ । ४ वटामा अस्पताललाई निर्देशन दिइएको छ । ६ वटा केशमा थप कारवाही गर्नुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?