+
+

झापा विद्रोहका शहीदप्रति प्रधानमन्त्री प्रचण्डले दिए श्रद्धाञ्जली

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १४:०५

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोहका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्रीले आज सामाजिक सञ्जालमार्फत लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्ने झापा विद्रोहका पाँच शहीदप्रति भावपूर्ण श्रद्धासुमन प्रकट गरेका हुन् ।

प्रधानमन्त्रीले भने, ‘लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्नुहुने झापा विद्रोहका महान शहीद नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु।’\

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?