+
+

शुक्लाफाँटाको नरभक्षी बाघ जावलाखेल ल्याइयो, ‘महाराजा’को जोडी बनाएर राख्ने योजना

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १०:१२

११ वैशाख, काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई ललितपुरको जावलाखेलस्थित चिडियाखानामा ल्याइएको छ ।

निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई आइतबार सदर चिडियाखाना, जावलाखेलमा ल्याएर राखिएको हो ।

सो बाघले वैशाख ८ गते कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट चन्दको मृत्यु भएको थियो ।

डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय (हात्ती सहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायतका निकाय क्रियाशील भइ बाघलाई नियन्त्रणमा लिइ चिडियाखानामा ल्याइएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले चिडियाखानामा एउटा महाराजा नामको बाघ रहेको र उसको जोडी बनाउने गरी कञ्चनपुरबाट ल्याइएको बाघको नाम ‘महारानी’ राख्ने तयारी गरिएको बताए । ‘यहाँ एउटा महाराजा भन्ने बाघ छ, त्योसँग जोडी मिलाएर राख्ने सोच छ । यी दुई बाघ मिले भने महाराजा, महारानी नाम मिलाएर राख्ने सोच छ,’ अधिकारीले भने ।

अधिकारीका अनुसार अहिले चिडियाखानामा दुई जोडी बाघ राख्नसक्ने क्षमता भए पनि हाल ५ वटा बाघ छन् । तीमध्ये ४ वटा भाले र एउटा पोथी बाघ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?