+
+

सुनको गहनासहित विराटनगरबाट दुई जना पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १८:०२

२६ वैशाख, विराटनगर । मोरङ प्रहरीले विराटनगरबाट  ९ तोला सुनको गहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१० घर भएका ४५ वर्षीय इन्द्र विक र ४० वर्षीय गोविन्द विक रहेका छन् ।

उनीहरुलाई मोरङ प्रहरीले सोमबार राति विराटनगरबाट पक्राउ गरेको हो  । बागतमी प्रदेश ०१–०२८ च २८४६ नम्बरको कारमा सवार उनीहरुको साथबाट  प्रहरीले ११ तोला सुनको बिल बिनाको  तयारी  गहना बरामद गरेको छ ।

विराटनगरको ठाकुरबारी रोडमा गहना बेच्न खोज्दै गर्दा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन दाहालले बताए ।

पक्राउ परेकाको साथबाट पोतेमा प्रयोग गरिने विभिन्न डिजाइनका २ सय ३९ थान सुनका गहना बरामद भएको प्रहरीले बताएको छ । बरामद भएको ९ तोला ४३ लाल सुनको बजार मूल्य ११ लाख बढी छ ।

सुनको  बिल नभएको र ओसारपसार तथा बिक्रीको प्रक्रिया पूरा नगरेको पाइएपछि उनीहरुमाथि कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?