+
+

मधेशको बजेटमा परेन छात्रालाई साइकल र ल्यापटप बाँड्ने कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० असार २ गते १४:५५

२ असार, जनकपुरधाम । मधेश सरकारले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गतको  छात्रालाई साइकल र ल्यापटप  वितरण कार्यक्रम स्थगित गरेको छ । मधेश सरकारले शनिबार ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यी दुबै योजनाका लागि बजेट विनियोजन गरेको छैन ।

सरकारले बजेटअघि ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल वितरणलाई निरन्तरता दिने र कक्षा १२ मा अध्ययनरत छात्रालाई ल्यापटप वितरण गर्ने भनेको थियो ।

तर विगतमा साइकल वितरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अधिकारीमाथि मुद्दा चलाएको र पाँच हजार साइकल वितरण नभएर मधेश भवनकै एक गोदाममा कवाड बनिरहेको छ ।

यस्तो अवस्थामा पुन: साइकल वितरण गर्ने नीति तथा कार्यक्रमको चर्को आलोचना र ल्यापटप वितरण पनि साइकलजस्तै हुनसक्ने भन्दै आलोचना भएको थियो । अर्थमन्त्री सञ्जयकुमार यादवले यी दुई शीर्षकमा बजेट विनियोजन नगरेको बताए ।

यी दुई योजनाको साटो सरकारले कक्षा आठदेखि १२ सम्मको छात्राको लागि मासिक सेनेटरी प्याड वितरण गर्ने नयाँ कार्यक्रम ल्याएको छ । त्यस्तै मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रमअन्तर्गत जारी छोरी बिमा, छात्रवृत्ति, लोकसेवा तयारी कक्षालाई भने बजेटले निरन्तरता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?