+
+

करिश्माले गोदावरीमा पुस्तकालय बनाउने, भन्छिन्- सामाजिक सञ्जालले पठन संस्कृति विनाश भयो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १३:२६

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले पठन संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले पुस्तकालय स्थापना गर्ने भएकी छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले आफ्नो बसोबास थलो गोदावरीमा पुस्तकालय बनाउने तयारी गरिरहेको र कम्तीमा ६-७ महिनामा तयार भइसक्ने बताइन् ।

गोदावरीको आफ्नो घर नजिक उनले एक रेस्टुरेन्ट निर्माण गरिरहेकी छन्, जसको एक कर्नरमा पुस्तकालय समेत हुनेछ । ‘हालै अष्ट्रेलिया घुम्न जाँदा मैले त्यहाँका रेस्टुरेन्टमा समेत लाइब्रेरी भएको र पठन संस्कृति देखें,’ उनले भनिन्, ‘यो राम्रो कुरालाई नेपालमा पछ्याउन लागेकी हुँ । हरेक समुदायमा एक लाइब्रेरी हुनुपर्छ भन्ने सोचअनुसार बनाउन लागेकी हुँ ।’

सुरुमा गोदावरीमा लाइब्रेरी भए पनि मुलुकका विभिन्न भूभागमा समेत पुस्तकालय बनाउने आफ्नो सोच रहेको करिश्माले बताइन् । ‘सामाजिक सञ्जालका कारण आफ्नो पठन संस्कृति विनाश भएको छ । पछिल्लो समय फिल्म कल्चरमा समेत यस्तो प्रवृत्ति देखिएको छ,’ करिश्माले भनिन्, ‘अब रिडिङ कल्चरको विकास गर्नका लागि लाइब्रेरी अनिवार्य भइसक्यो ।’

आफूसँग केही पुस्तक रहेको र अन्य पुस्तक भए उपलब्ध गराउन उनले सामाजिक सञ्जालमार्फत आग्रह पनि गरेकी छन् । ‘अहिलेलाई मसँग घरमा केही पुस्तक छन् । अरुसँग छन् भने त्यसलाई कलेक्सन गरेर लाइब्रेरी बनाऊँ कि भन्ने हो । आफ्नो घरमा लाइब्रेरी बनाउन पैसा पनि लाग्दैन,’ उनले भनिन् ।

नेकपा एमालेको संस्कृति विभागकी सदस्य समेत रहेकी करिश्माले आफूले विभागको बैठकमा समेत पढ्ने संस्कृतिको विषयलाई प्रस्तुत गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?