+

८ गल्ती, जसले कब्जियत गराउँछ

२०८० साउन  ५ गते १४:५३ २०८० साउन ५ गते १४:५३
Shares
८ गल्ती, जसले कब्जियत गराउँछ

कब्जियतले समस्या नभोग्ने मानिस सायदै होलान् । सामान्यतया हप्तामा कम्तीमा तीन-चार पटकभन्दा कम दिसा हुने वा दिसा हुन गाह्रो हुने अवस्थालाई कब्जियत भनिन्छ । दिसा हुँदा दुख्ने, दिसा ढिलो हुने, दिसा गर्दा बढी समय लाग्ने समस्या कब्जियतका कारण हुन्छ ।

यस्तो समस्या आउनुमा हाम्रो दैनिक जीवनशैलीमा गर्ने केही गल्ती जिम्मेवार हुन्छन् ।

अनियमित खानपान गर्नु

आजभोलिको व्यस्त जीवनशैलीका कारण खानपानको तालिका नियमित छैन । कहिले दिनको एक छाकत कहिले एकैदिन चार-पाँच छाक हेभी डाइट खानेकुरा खाँदा पाचन प्रक्रियामा गडबडी हुन्छ ।

व्यायाम नगर्नु

अहिले धेरै व्यक्ति व्यायाम गर्न अल्छी मान्छन् । सकेसम्म शारीरिक गतिविधि गर्ने नपरे हुन्थ्यो भन्ने उनीहरुलाई लाग्छ । त्यस्ता व्यक्ति खानेबित्तिकै सुत्ने गर्छन् । जसले पाचन प्रणालीका मांसपेशीलाई कमजोर बनाउँछ र खाएको ठोस खानेकुरालाई सहज रुपमा पचाउन सक्दैन । यस्तो समस्या लामो समय कुर्सीमा बसेर काम गर्ने र एकै ठाउँ निष्क्रिय भएर बसिरहनेलाई हुन सक्छ ।

असन्तुलित ढंगले खाना खानु

हामीले दैनिक खाने खानामा विविधता ल्याउँदैनौं । त्यसमा पनि तरकारी भन्दा भात धेरै खाने हाम्रो बानी छ । भातमा कार्बोहाइडेट बढी हुन्छ, जुन पच्न समय लाग्छ । भुटेको परिकारले जिब्रोलाई लोभ्याउँछ तर यसरी भुटेको खानेकुरामा जुन पौष्टिक तत्व हुनुपर्ने हो, त्यो नष्ट हुन्छ ।

त्यति मात्र होइन, उक्त खानेकुरामा टक्सिनको मात्रा बढ्छ । यससँगै जिब्रोको स्वादको लागि पिरो खानेकुरा पनि बढी खाने गरिन्छ, जुन कब्जियत गराउने मुख्य कारक हुन् । यी खानेकुराले पाचन प्रक्रियालाई असर गर्छ ।

धुम्रपान र मध्यपान गर्नु

धुम्रपान र मध्यपान सेवनले अन्य खानेकुराको भोक जगाउँदैन । जसकारण फाइबर जस्ता खानेकुरा खान मन लाग्दैन । यस्ता चीजको लत बसे फोक्सो र शरीरका विभिन्न अंग बिगार्न सक्छ । जसले पाचन प्रक्रियादेखि अरु कमजोर पार्छ ।

पानी नपिउनु

शरीरका लागि पानीको मात्रा धेरै हुनुपर्छ तर दिनभर पानी नपिई बस्ने धेरैको बानी छ । पानीले शरीरभित्र जमेर बसेका फोहोर तत्व बाहिर निकाल्ने, पोषण तत्व रगतमा पुर्‍याउने र शरीरमा भएको विजातीय तत्व बाहिर निकाल्ने भूमिका पानीले खेल्छ । तर कामको व्यस्तता वा अन्य कारणले दिनभरि पानी सेवन गर्दैनन् । यसले शरीरमा डिहाइड्रेसन हुन सक्छ । त्यसैले दिनमा तीन-चार लिटर वा १०–११ गिलास पानी खानुपर्छ ।

रेडिमेड फास्टफुड खानु

अहिले बिहान ब्रेकफास्ट नै रेडिमेड खानाबाट सुरु हुन्छ । यस्ता खानेकुरामा केमिकल धेरै मिसाइने भएकाले फ्याट र सुगरको मात्रा अत्यधिक हुन्छ । बिस्कुट, दालमोठ, चाउचाउ, ब्रेड जस्ता खानेकुरा मैदाबाट बनेका हुन्छन् । जसमा फाइबरको मात्रा न्यून हुने भएकाले चाँडै पच्दैन, अनि पेटमा फोहोर जम्दै जान्छ ।

खराब खानपान गर्नु

हामी एकैचोटि धेरै परिकार बनाएर खान्छौं, जुन गलत हो । माछामासु, दूध, दही, मिठाई, फलफूल एकैपटक खान्छौं । यी सबै परिकारमा आ–आफ्नै पौष्टिक तत्व हुन्छ, जो शरीरका लागि आवश्यक पनि हुन्छ । यद्यपि सबै खानेकुरा एकसाथ मिसाएर सेवन गर्दा पोषक तत्व बढी भएर पचाउन गाह्रो हुन्छ । त्यस्ता खानेकुरा एकसाथ सेवन गर्नु पाचन प्रणालीको लागि एकदमै घातक हुन्छ ।

फाइबरयुक्त खानेकुरा नखानु

दैनिक खानपानमा फाइबरयुक्त परिकारको कमी भइरहेको छ । सामान्यत दैनिक खाने कुरामा खासै यसको महत्व दिंइँदैन । यसले गर्दा मानिसले दैनिक खाएको खान पचाउन गाह्रो हुन्छ । यदि फाइबरयुक्त खानाले ब्रसको काम गर्छ ।  जस्तै, सागसब्जी फलफूल सलादमा प्रशस्त मात्रामा फाइबर हुन्छ । यसले दिसा सहज बनाउन सहयोग गर्छ ।

(आयुर्वेदिक चिकित्सक भण्डारीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

कब्जियत खानेकुरा
डा. अमृत भण्डारी
लेखक
डा. अमृत भण्डारी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल दर्ता नम्बर : ४९८ अध्ययन : बीएमएमसी (आईओएम) हाल काठमाडौं गोंगबुस्थित सहारा आयुर्वेद एण्ड थेरापी सेन्टर प्रालिमा निर्देशकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ