+
+

केही नेपाल ऐन संशोधन विधेयकलाई सरकारले खिचडीजस्तो बनायो : सोविता गौतम

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १५:३४

१२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० सरकारले खिचडीजस्तो बनाएको टिप्पणी गरेकी गरेकी छन् ।

मंगलबार उक्त विधेयकमाथि छलफलमा भाग लिँदै उनले सांसदहरुलाई विधेयक पढ्ने मौका समेत नदिइ सरकारले संसदमा पेश गरेको बताइन् । गौतमले सो विधेयक फिर्ता लिएर मन्त्रालयगत रुपमा सम्बन्धित मन्त्रीहरुले पेस गर्ने व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएकी छन् ।

‘यसमा तलदेखि माथिसम्म ८१ वटा ऐनहरु आकर्षित गरिएको छ । ८१ वटा ऐनहरु कसरी पढेर, संशोधन गरेर यो ७२ घण्टाभित्र संशोधन प्रश्ताव दर्ता गर्ने हामीलाई थाहा छैन, विभिन्न मन्त्रीजीहरुले मन्त्रालय अनुसार अलगअलग प्रस्तुत गर्नुपर्नेमा खिचडी बनाएर प्रस्तुत गरिएको छ’, सांसद गौतमले भनिन् ।

यो केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा कस्ताकस्ता मस्यौंदा राख्ने भनेर सरकारलाई समेत थाहा नभएको उनले बताइन् । ‘थाहा छैन भने विज्ञहरुलाई बोलाएर पढौं, संसद भवनमै पढ्नुपर्छ सांसदहरुले पनि । तर यसरी यो व्यवस्थामाथि नै प्रहार हुने गरी यस्तो काम गर्न भएन’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?