+
+

मोटोजिपी राइड शोका लागि बिदाइ भए ९ यामाहा राइडर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते १८:०७

काठमाडौं । भारतमा आयोजना हुने यस वर्षको मोटोजिपी राइड शो (मोटरसाइकल रेस) प्रतियोगिता हेर्न नेपाली राइडर टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

बाइक राइडिङको विश्वव्यापी प्रतियोगिता आगामी साता भारतको नोयडास्थित बुद्ध सर्किटमा आयोजना हुँदैछ । बाइक राइडरहरुको सबै भन्दा ठूलो उक्त प्रतियोगिता हेर्न यामाहा नेपालले खुल्ला प्रतिस्पर्धाबाट छनोट गरेका ९ जना राइडर बुधबार काठमाडौंबाट भारतको नोयडा प्रस्थान गरेको हो ।

टोलीमा ८ जना राइडर र एक मार्सलसहित उनीहरुको सहयोगी समेत गरेर १६ जना छन् । एक हजार किलोमिटर यात्रा गरेर भारत पुग्ने राइडर टोलीलाई एमएडब्लु एन्टरप्राइजेज टु ह्विलर डिभिजनका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले एक कार्यक्रमका बीच बिदाइ गरे ।

स्पोर्टी एड्भेञ्चर बाइक राइडरहरुको सौखको रुपमा मानिने प्रतियोगिता हेर्न राइडर पठाएर यामाहाले युवाहरु प्रतियोगितामा सहभागी हुने वातावरण बनाउन पहल गरेको क्षेत्रीले बताए ।

‘नेपालमा धेरै युवाहरु बाइक राइडर बन्ने हुटहुटी लिएर हिंडेका देखेका छौं,’ उनले भने, ‘अहिले हामी प्रतियोगिता हेर्न प्रोत्साहन गरिरहेका छौं । एकदिन नेपाली राइडरहरु यस्तो प्रतियोगितामा सहभागी होउन भन्ने चाहना व्यक्त गर्दछौं ।’ उनले राइडरहरुलाई सुरक्षित यात्राका लागि शुभकामना दिए ।

क्षेत्रीकाअनुसार नेपालका सबै जसो बाइकका स्पोर्ट एभेन्टमा सहयोग गरेको र त्यसैलाई निरन्तरता दिन नोयडामा सहभागी पठाइएको हो ।

यामाहा बाइक चढेकाहरुबाटै कम्पनीले राइडिङमा सहभागिताका लागि खुल्ला प्रतिस्पर्धाबाट सहभागी छनोट गरेको थियो ।

राइडरहरु संग्राम पुडासैनी, शुरेश जीसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाह, अर्जित मर्हजन, राजकुमार मर्हजन र तारा खड्का राइडमा सहभागी छन् । उनीहरुको टोलीलाई मार्सलका रुपमा प्रमोद श्रेष्ठले गाइड गर्नेछन् ।

उनीहरुको सुरक्षा र बन्दोबस्तीका लागि अगाडि र पछाडि केही गाडीहरु पनि हुनेछन् । काठमाडौंबाट नारायणगढ हुँदै टोली भैरहवा गएर पहिलो दिनको बास बस्नेछन् । यस्तै त्यहाँबाट नोइडा पुग्नेछ । २३ र २४ मा नोयडास्थित बुद्ध सर्किटमा हुने रेसमा सहभागी भएर टोली २६ सेप्टेम्बरमा काठमाडौंका लागि प्रस्थान गर्ने एमएडब्लु इन्टरप्राइजेजले जनाएको छ ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?