+
+

सप्तरीमा पोखरीमा भेटियो युवकको शव

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० असोज १३ गते १८:४९

१३ असोज, जनकपुरधाम । सप्तरीको खडक नगरपालिका–११ बनौलीको एक पोखरीमा युवकको शव भेटिएको छ । अन्दाजी २० वर्षका युवकको शव बोराभित्र भेटिएको प्रहरीले जनाएको छ ।

कृष्ण अष्टमीको दिन मेला हेर्न घरबाट हिँडेका स्थानीय २० वर्षीय मोहम्मद अजिम घर फर्केका छैनन् । उनको परिवारजनको अनुरोधमा प्रहरीले खोजतलास गर्दै आएको थियो । तर फेला नपरेपछि प्रहरीले हत्या आशंकामा स्थानीय तीनवटा पोखरीमा खोजी गरेको थियो ।

शनिबार बिहानै घर नजिकको पोखरीमा शव हुन सक्ने भन्ने आशंकामा जाल फालेर खोजबिन गर्दा एउटा पोखरीमा दुईवटा बोरामा शव भेटिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जनानकारी दिए ।

उनका अनुसार दुईवटा प्लास्टिकको बोराभित्र सडेगलेको अवस्थामा भेटिएको हो । ‘एउटा कम्बलसहित टाउकोको भाग र शरीरको भाग भेटिएको छ । सडेगलेकाले हराएकै युवकको हुन भनेर कन्फर्म भन्न सकिने अवस्था छैन’, डीएसपी न्यौपानेले भने ।

शवलाई पोस्टमार्टमका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।पोस्टमार्टमपछि मात्र शवको सनाखत हुन सक्ने डीएसपी न्यौपानेले बताए ।

घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?