+
+

नियामकीय हस्तक्षेपले अर्थतन्त्रमा समस्या : निजी क्षेत्र

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १२:४२

२५ असोज, काठमाडौं। निजी क्षेत्रले नियामकीय हस्तक्षेपले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नियमकको हस्तक्षेपका कारण उद्योगी व्यवसायी समस्यामा रहेको बताएका ।

‘अर्थतन्त्र नबचे नीति र नियमको के काम ? नियमकको हस्तक्षेपका कारण उद्योगी व्यवसायी समस्यामा छन्,’ उनले भने, ‘आर्थिक बहसको छलफलको सुुरुवात भएको छ एक महिनामा नतिजा देखिनु पर्छ ।’

उनले घरजग्गाको कारोबारमा नियोजित रुपमा नै समस्या ल्याएको बताए । घरजग्गामा देखिएको समस्याले समग्र अर्थतन्त्र शिथिल बनेको उनको दाबी छ । उनले घरजग्गाको हदबन्दी सहजीकरण गर्नुपर्यो र पर्यटनलाई उद्योगलाई सरकारले सहजीकरण गर्नुपर्ने माग गरे ।

कार्यक्रममा नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष भागीरथ सापकोटाले निजी क्षेत्रलाई अहिले ठूलो समस्या रहेको बताए । ‘राष्ट्र बैंक, कर र राजश्वका मानिसहरु शासक बन्न खोजिरहेका छन्,’ उनले भने, ‘अर्थतन्त्र अहिलेको अवस्थाबाट पनि तल झर्ने अवस्था आउन सक्छ ।’ उनले अर्थतन्त्र सुधारको लागि सरकारले तत्काल आयोग घोषाणा गर्नुपर्ने माग गरे ।

राष्ट्रिय उद्योग वाणिज्य महासंघका अध्यक्ष खिमलाल भण्डारीले निजी क्षेत्रले आशा गर्ने अवस्था नभएको बताए । निजी क्षेत्र मात्रै नभएर भावी सन्ततिलाई पनि आशा नजागेको उनले बताए । उनले राष्ट्र बैक, बैंकिङ लगायत सबै क्षेत्रमा समस्या रहेको भन्दै अर्थ व्यवस्थाको संरचनागत सुधार गर्नुपर्ने बताए ।

गैर आवशियक नेपाली संघका अध्यक्ष कुल आचार्यले नेपाली बैकलाई बिदेशी बैकसँग जोड्नुपर्ने बताए । ‘शिक्षामा लगानी गरेर, नेपाललाई विदेशी लगानीको हब बनाउ,’ उनले भने । उनले नेपालीको सम्पत्ति बेचेर नगइदिन समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?