+
+

केदार कार्कीलाई माओवादीले विश्वासको मत दिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १५:३२

२९ असोज, विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।

शनिबार मुख्यमन्त्री बनेका कार्कीले बुधबार विश्वासको मत लिँदैछन् ।

आज सोमबार बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले बताए ।

नेकपा एमालेका ३९ र नेपाली कांग्रेस विद्रोही समूहका ८ सांसदको समर्थनमा  कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?