+
+

कर्णाली प्रदेश सरकारले मन्त्रीहरुको जिम्मेवारी तोकेर भूकम्प प्रभावित क्षेत्रमा खटायो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १३:१८

२० कात्तिक, जाजरकोट । कर्णाली प्रदेश सरकारका मन्त्रीहरू भूकम्प प्रभावित क्षेत्रमा खटिएर समन्वय तथा व्यवस्थापन गर्ने भएका छन् ।

मुख्यमन्त्री र मन्त्रीहरु बीचको छलफल पश्चात् मन्त्रीहरू आ-आफ्नो तोकिएको क्षेत्रमा पुगेका छन् ।

मुख्यमन्त्री राजकुमार शर्मा सोमबार बिहानैदेखि जाजरकोटमा छन्। मुख्यमन्त्री शर्मा आवश्यकता अनुसार प्रभावित क्षेत्रहरूमा सक्रिय हुनेछन् ।

मन्त्री जिसीका आ-आफ्नो कार्य क्षेत्रअनुसारको सबै मन्त्रीलाई व्यवस्थापन तथा समन्वयको जिम्मेवारी दिइएको छ ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् कानुनमन्त्री कष्णबहादुर जिसीका अनुसार आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहलाई गृहजिल्ला समेत रहेको जाजरकोटमा खटाइएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री जिसी र सामाजिक विकास मन्त्री खड्ग पोखरेल सुर्खेतमा बसेर आवश्यक राहत व्यवस्थापनदेखि आपूर्ति लगायतका कामहरू गर्नेछन् ।

जिसीले प्रदेशबाट गर्ने आवश्यक सामग्रीहरू एकद्वार प्रणालीमार्फत जिल्लाहरूमा पठाउने छन् । उनी शनिबारदेखि नै सुर्खेत विमानस्थलमा रहेर आपूर्तिको काममा सक्रिय छन् ।

कृषिमन्त्री भीम प्रकाश शर्मा रूकुम पश्चिम र गृहजिल्ला सल्यानमा रहेर काम गर्नेछन् ।

यस्तै ऊर्जा तथा जलस्रोत मन्त्री उर्मिला विश्वकर्मा पनि खानेपानी लगायतका विषयमा रहेर प्रभावित क्षेत्रमै खटिने छिन् । भूकम्पले क्षति पुगेका खानेपानीका योजना मर्मतदेखि मन्त्रालयबाट गर्नुपर्ने काम उनले गर्नेछिन् । उनी पनि सोमबार बिहान जाजरकोट पुग्दैछिन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाहीलाई भौतिक संरचनाको तथ्यांक संकलनदेखि अभिलेख राख्ने लगायतका कार्यमा सक्रिय हुने गरी जिम्मेवारी तोकिएको छ ।

प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छुट्याएको रकम अबको केही दिनभित्र पालिका पठाइने कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् कानुनमन्त्री कष्णबहादुर जिसीले बताए ।

उनका अनुसार पालिकाहरूले सहज रूपमा राहत सामग्री खरिद गर्न सक्ने व्यवस्था मिलाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?