+
+

जाजरकोट भूकम्पमा काठमाडौंले पठायो २ हजार थान ब्ल्याङ्केट

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते २०:०७

२० असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले जाजरकोट भूकम्पका प्रभावितहरुका लागि २ हजार थान ब्ल्याङ्केट पठाएको छ ।

काठमाडौंले २ हजार घर परिवारका लागि खाद्यान्न, औषधि तथा सफाइ सामग्री पनि पठाउने तयारी गरेको छ । नेपाली सेनाको स्काइ ट्रकबाट ब्ल्याङ्केट पठाइएको हो भने राहत सामग्री स्थल मार्गबाट पठाउने तयारी गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

महानगरको विपद व्यवस्थापन विभागका प्रमुख गंगाधर गौतमका अनुसार भूकम्प प्रभावित क्षेत्रमा प्रति परिवार ५ किलो चामल, २ किलो चिउरा, १ किलो दाल, १ किलो नुन र एक लिटर खाने तेल पठाइनेछ ।

‘सरसफाइ तथा औषधिजन्य सामग्रीमा ५०० एमएलको सेनिटाइजर, २ वटा हात धुने साबुन, एउटा पानी शुद्धीकरण गर्ने प्युरिफायर झोल, १ प्याकेट सेनिटरी प्याड, ५ प्याकेट जीवनजल, २ फाइल सिटामोल र फोहोर राख्नका लागि ठूलो प्लास्टिक झोलाको एक प्याकेट पठाउने तयारी गरिएको छ’, गौतमले भने ।

राहत सहयोगसँगै प्राविधिक सहयोग आवश्यक परे काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने नगर प्रमुख बालेन शाहले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?