+
+

नेपालमा सियो बन्यो कि बनेन ? बन्यो भन्न सकिन्छ …

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते १४:०५

१ मंसिर, काठमाडौं । नेपालमा सियो उत्पादन भइरहेको छ वा छैन भन्ने विषयमा सरकारले अस्पष्ट जवाफ दिएको छ ।

नेपाल मजदुर किसान पाटीए (नेमकिपा)का सांसद प्रेम सुवालले संघीय संसदको दोस्रो अधिवेशनमा नेपालमा ‘सियो बन्यो कि बनेन ?’ भनी नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सोधेका थिए । जवाफमा उद्योग मन्त्रालयले अस्पष्ट जवाफ दिएको हो ।

सांसद सुवाललाई उद्योग मन्त्रालयले दिएको लिखित जवाफमा भनिएको छ, ‘उद्योग विभागमा औषधिजन्य प्रयोजनमा उपयोग हुने सियो र जुत्ता सिलाउने सियो उत्पादन गर्ने उद्योगहरु दर्ता भएको देखिएबाट नेपालमा सियो बन्यो भन्न सकिन्छ ।’

अर्थात, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नै नेपालमा सियो उतपादन भएको छ वा छैन, भइरहेको छ वा छैन भन्नेमा अनविज्ञ छ ।

उद्योग दर्ता भएको देखिएकाले नेपाल सियो बन्यो होला भन्ने अनुमानका आधारमा मन्त्रालयले लिखित जवाफ लेखेको छ । हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नेपाली कांग्रेसका रमेश रिजाल छन् ।

नेपालमा सियो बन्यो कि बनेन भन्ने प्रकृतिकै प्रश्न सांसद सुवालले अर्थमन्त्रालयलाई पनि गरेका थिए । सुवालले सोधेका थिए, ‘६७ वर्षयता नेपालमा १५ वटा आवधिक योजना बनाइयो तर, यो लगानीले सियो पनि बनेन किन ?’ अर्थ मन्त्रालयले यस प्रश्नका सम्बन्धमा कुनै जवाफ दिएको छैन् ।

हाल अर्थमन्त्री प्रकाशशरण महत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?