+
+

भारतबाट ‘मिसन रानीगञ्ज’सँगै ‘टुवेल्फ्थ फेल’ स्वतन्त्र रुपमा ओस्कारमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते १६:४१

काठमाडौं । गत २७ अक्टोबरमा रिलिज भएको भारतीय फिल्म ‘टुवेल्फ्थ फेल’ले दर्शक र समीक्षकबाट प्रशंसा पाइरहेको छ । यसैबीच यो फिल्मलाई सन् २०२४ को ओस्कार अवार्डमा पठाइएको खबर छ । यसको पुष्टि फिल्मका मुख्य कलाकार विक्रान्त मेसीले गरेका छन् ।

आजतकको साथिया कार्यक्रममा उपस्थित अभिनेता विक्रान्त मेसीले यो फिल्मलाई स्वतन्त्र रुपमा ओस्कारमा पठाइएको बताए । अक्षय कुमारको फिल्म ‘मिशन रानीगञ्ज’ले पनि सन् २०२४ को ओस्कारमा स्वतन्त्र प्रवेश पाएको छ । आधिकारिक रुपमा भने मलयालम फिल्म ‘२०१८’ लाई भारतबाट ओस्कारमा पठाइएको छ ।

हरेक देशले दुई किसिमले उत्कृष्ट फिचर फिल्म विधामा ओस्कारका लागि फिल्म पठाउँछन् । एउटा हो, फिल्मको आधिकारिक प्रवेश जसका लागि केही मापदण्ड तय गरिएको छ । तर केही सर्त पूरा गर्दै स्वतन्त्र रुपमा पनि फिल्म पठाउन सकिने सुविधा छ । गत वर्ष स्वतन्त्र रुपमा पठाइएको ‘आरआरआर’ले सर्वश्रेष्ठ संगीत विधामा ओस्कार जितेको थियो ।

२० करोड भारु बजेटमा बनेको फिल्म ‘टुवेल्थ फेल’ले एक महिनामा बजेटभन्दा दोब्बर अर्थात् ५५.८१ करोड भारु कमाएको छ । फिल्मलाई विधु विनोद चोपडाले निर्देशन गरेका हुन् । फिल्ममा विक्रान्त मेसीसँगै मेधा शंकर, सञ्जय बिश्नोई महत्वपूर्ण भूमिकामा छन् ।

यो फिल्मको कथावस्तु अनुराग पाठकको पुस्तकमा आधारित छ, जुन आईपीएस मनोजकुमारको वास्तविक जीवनमा लेखिएको हो । १२ पास गरेपछि मनोजकुमारले वर्षौंअघि चपरासी काम गर्ने सपना देखेका थिए । तर पास गर्न धोखाधडीको सहारा लिने निर्णय गर्छन्, तर त्यसपछि हुने घटनाले उनको लक्ष्य परिवर्तन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?