+
+

५ महिनामा ३ हजार ६७५ चारपांग्रे विद्युतीय गाडी आयात

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १४:५६

काठमाडौं । सरकारले विद्युतीय गाडीमा प्रोत्सानको नीति लिएपछि त्यसको आयातमा झण्ढै ३ गुणाले वृद्धि भएको छ ।

भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको ५ महिनामा नेपालले ३ वटा फरक फरक इन्जिन क्षमताका ३ हजार ६७५ थान विद्युतीय कार, जीप र भ्यान आयात गरेको छ । जसको लागत ९ अर्ब २ करोड ९४ लाख ३३ हजार रुपैयाँ बराबर छ ।

जबकि गत वर्षको यही अवधिमा नेपालमा एक हजार ३ सय ५३ वटा मात्रै विद्युतीय कार, जीप र भ्यान भित्रिएका थिए ।

चालु आर्थिक वर्षको ५ महिनामा विद्युतीय कारको आयातबाट सरकारले ३ अर्ब ९२ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

विभागकाअनुसार मंसिरम्म ५० किलोवाट भन्दा तल्लो रेन्जका एक हजार ५ सय ९५ थान विद्युतीय कार नेपाल भित्रिएका छन् । ती गाडीको लागत २ अर्ब ९५ करोड ४३ लाख रुपैयाँ छ ।

यस्तै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका २ हजार २८ थान विद्युतीय कार नेपाल आयात भएको छ जसको लागत ५ अर्ब ८१ करोड २३ लाख रुपैयाँ हाराहारी छ भने २ सय किलोवाट मुनिको सेग्मेन्टका २६ करोड २६ लाख रुपैयाँ बराबरको ५२ थान यस्ता भ्यान, कार र जीप आयात भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?