+

गर्भमा बच्चा उल्टो बस्यो भने जन्माउन कठिन हुन्छ ?

२०८० माघ  ४ गते १६:५० २०८० माघ ४ गते १६:५०
Shares
गर्भमा बच्चा उल्टो बस्यो भने जन्माउन कठिन हुन्छ ?

अक्सर बच्चा जन्मिंदा सुरुमा टाउको र त्यसपछि खुट्टा बाहिर निस्कने गर्छ । त्यसैले गर्भमा पनि टाउकोमुनि रहेर बसेको हुनुपर्छ । यस स्थितिलाई बच्चा सुल्टो रहेको भन्ने गरिन्छ । तर त्यस विपरीत बच्चाको टाउको माथि छ र खुट्टा तलतिर छ भने यसलाई ‘बच्चा उल्टो बसेको’ भन्ने गरिन्छ । यस्तो अवस्थामा के हुन्छ भन्ने जिज्ञासा उठ्नु स्वभाविक हो ।

बच्चा सुल्टो बसेको छ भने जन्मिंदा टाउको निस्कन्छ र त्यसपछि सहज रुपमा शरीर निस्कन्छ । तर बच्चा उल्टो बसेको छ भने खुट्टा, शरीर निस्के पनि टाउको निस्कने बेला गाह्रो हुन्छ । अड्किने जोखिम हुनसक्छ । त्यसैले यस स्थितिमा सजग हुनुपर्छ ।

तर सबै अवस्थामा उल्टो बच्चा जन्माउन कठिन हुन्छ भन्ने छैन । कति पटकको गर्भ हो, कस्तो अवस्थामा बच्चा रहेको छ र प्रसव गराउने जनशक्ति कस्ता छन् भन्ने कुरामा पनि यो निर्भर गर्छ ।

बच्चाको तौल बढी वा कम भए ?

सामान्यतया गर्भको बच्चा जन्मने बेलामा २.५ देखि ३ किलोग्रामसम्म हुन्छ । बच्चा निकै कम तौलको वा बढी तौलको भए आमा र बच्चा दुवैलाई अप्ठ्यारो हुनसक्छ । कम तौलको बच्चा भए कमजोर हुन्छ । चाँडै कठ्यांग्रिने तथा संक्रमण हुने भय रहन्छ । यदि ठूलो (३.५ किलो) भन्दा माथि छ भने रगतमा ग्लुकोजको कमी हुने तथा आमालाई जन्माउन कठिन हुने गर्छ ।

समय नपुग्दै बच्चा जन्माउनु परेमा ?

गर्भको अवधि ४० हप्ताको हुन्छ । तर ३७ हप्ता पूरा भएपछि बच्चा जन्मिए महिना पूरा भएको मानिन्छ ।  कहिलेकाहीं ३७ हप्ता नपुग्दै पनि बच्चा जन्मिन सक्छ र कुनै बेला गर्भका जटिलताका कारण पनि ३७ हप्ता पनि नपुगी प्रसव गराउनुपर्ने हुनसक्छ ।

उच्च रक्तचापको जटिल अवस्था आएमा, रक्तश्राव सुरु भएमा, कुनै संक्रमणको खतरा बढेमा, कुनै गम्भीर जटिलता थपिएमा आमा र बच्चाको ज्यान जोगाउन पनि अगाडि नै प्रसव गराउनुपर्ने हुनसक्छ । ३७ हप्ता पनि नपुगी बच्चा जन्माउँदा बच्चाको मुख्यरुपमा फोक्सो र खाद्यनलीको विकास र परिपक्वता नभई सकेको हुनसक्छ । त्यस्तै छालामुनिको राम्रो बोसोको पनि कमी हुनसक्छ ।

यस अवस्थामा बच्चालाई चाँडै चिसो लाग्ने, श्वासप्रश्वासमा समस्या आउने तथा दूध खुवाउन र पाचनमा समस्या आउन सक्छ ।

सुत्केरी अवस्थाको जोखिम

सुत्केरी गराउँदा रक्तस्राव त हुने नै भयो । तर कहिलेकाहीं अस्वभाविक रक्तस्राव हुनसक्छ । त्यसबेला अतिरिक्त रगत दिनुपर्ने हुन्छ । यदि रगतको जोहो गर्न सकिएन वा सुत्केरीलाई रगत दिन सकिएन भने त्यसले निकै जटिल अवस्था ल्याउन सक्छ । अत्यधिक रक्तस्राव हुनु अहिलेसम्मको मातृ मृत्युको प्रमुख कारणका रुपमा रहेको छ । यस अवस्थामा रक्तस्राव बढी हुने कारण धेरै छन् । त्यस्तै गर्भावस्थामा यति उच्च रक्तचाप छ भने पनि सुत्केरी गराउँदा समस्या हुने गर्छ ।

सुत्केरी अवस्था पूर्ण रुपमा सुरक्षित भइसकेको छैन हामीकहाँ । अझै पनि नेपालमा मातृ मृत्युदर १५१ प्रति लाख छ, जब कि यो युरोपेली देशहरुमा ३–४ सम्म आइसकेको छ । यसमा पनि अधिकांश मृत्यु सुत्केरी अवस्थामा वा प्रसवको समयमा हुन्छ ।

यसरी सुत्केरी आमाले ज्यान गुमाउने घटना नरोकिनुमा अनेक कारण छन् । कतिले प्रसव प्रक्रियालाई सामान्य र एउटा प्राकृतिक प्रक्रियाका रुपमा लिन्छन् र यसका लागि तयारी गर्दैनन् । तर कति सचेत भए पनि उपयुक्त प्रसूति सेवाको अभावमा ज्यान गुमाउन पुग्छन् । किनभने सबैतिर सहज र सुविधायुक्त अस्पताल छैन । प्रसूति सेवा नहुनु, अस्पतालसम्म पुग्न लामो यात्रा गर्ने बाध्यता हुनु, घरमै सुत्केरी गराउन खोज्नु, दक्ष स्वास्थ्यकर्मी तथा उपकरण अभाव हुनु, घरपरिवारले पूर्वतयारी नगर्नु जस्ता कारणले सुत्केरी अवस्थामा जटिलता आउन सक्छ ।

गर्भ डा. बालकृष्ण साह प्रसूति
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिकित्सा सेवा सुधारमा सकस

चिकित्सा सेवा सुधारमा सकस

नयाँ सरकारको प्राथमिकतामा सरुवा रोग ‘टच’ नै भएन

नयाँ सरकारको प्राथमिकतामा सरुवा रोग ‘टच’ नै भएन

गर्भावस्थामा पिसाबको संक्रमण किन बढी देखिन्छ ?

गर्भावस्थामा पिसाबको संक्रमण किन बढी देखिन्छ ?

स्वस्थ ठान्दै खाइने बजारका खानेकुरा हुँदैनन् साँच्चिकै स्वस्थ

स्वस्थ ठान्दै खाइने बजारका खानेकुरा हुँदैनन् साँच्चिकै स्वस्थ

खाना खाएपछि तुरुन्तै शौचालय जानुपर्ने अवस्था किन आउँछ ?

खाना खाएपछि तुरुन्तै शौचालय जानुपर्ने अवस्था किन आउँछ ?

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी