+
+

‘अगस्त्य’ टिजर : बदलाको कथामा ‘योङ्ग्री योङम्यान’ बनेका सौगात

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १६:१९
आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा सौगात मल्ल, मलिका महत र नाजिर हुसेन ।

काठमाडौं । मल्टिस्टारर एक्सन फिल्म ‘अगस्त्य’को टिजर सार्वजनिक भएको छ । आइतबार क्यूएफएक्सको लबिम हलमा आयोजित पत्रकार सम्मेलनमा एक्सनप्रधान टिजर सार्वजनिक गरियो ।

महत्वपूर्ण दृश्यलाई समेटेर तयार पारिएको दुई मिनेट लामो टिजर सार्वजनिक गर्न निर्देशक सौरभ चौधरी, कलाकार सौगात मल्ल, नाजिर हुसेन, प्रमोद अग्रहरि, मलिका महत लगायत उपस्थित थिए ।

टिजरअनुसार फिल्ममा सौगातको बहुचरित्रकरण देख्न सकिन्छ । प्रेमीदेखि ग्याङस्टर हुँदै सडकसम्मको उनको चरित्रको लेयर टिजरमा देख्न सकिन्छ । कुल मिलाएर यो बदलाको कथामा आधारित फिल्म हो ।

मलिकालाई सौगातकी ‘लभ इन्ट्रेस्ट’को भूमिकामा देखाइएको छ । आफूले मन पराएकी युवतीलाई अपहरणबाट मुक्त गर्न सौगात मल्लले गर्ने लडाइँको कथा यसमा प्रस्तुत छ । सौगात सबै चरित्रमा ‘पर्फेक्ट’ देखिएका छन् ।

नाजिर हुसेन, प्रमोद अग्रहरि, निश्चल बस्नेत लगायतका कलाकार पनि यसमा छन् । फागुन १८ गते प्रदर्शन हुने तयारीमा रहेको यो फिल्मलाई प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?