+
+

काठमाडौंका पेट्रोल पम्प पहेँलो रङका हुने, ‘नोजल म्यान’ लाई अनिवार्य पीपीई

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते २०:१४

१७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सबै पेट्रोल पम्पले अब अनिवार्य पहेँलो रङ लगाउनुपर्ने भएको छ ।

महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजामा बसेकोे पेट्रोल पम्पहरूको सञ्चालन र व्यवस्थापनका लागि सरोकारवाला संघसंस्था तथा निकायको प्रतिनिधि बैठकले यस्तो निर्णय गरेको हो ।

नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको संयोजकत्वमा बसेको बैठकले पेट्रोल पम्पमा सेवाग्राहीलाई निःशुल्क शौचालय उपलब्ध भएको जानकारीमूलक बोर्ड झुन्ड्याउने, पम्पमा कार्यरत ‘नोजल म्यान’ ले खैरो रङको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाउने निर्णय गरेको महानगर प्रहरीले जनाएको छ ।

पम्पमा कार्यरत कर्मचारीलाई काठमाडौं महानगर प्रहरीले आधारभूत अग्नि नियन्त्रण तालिम दिने निर्णय भएको नगर प्रहरीले जनाएको छ ।

महानगर भित्र चारवटा पम्पमा पहेलो रङ र पीपीई नमुनाका रूपमा पेट्रोलियम डिलर्स एसोसिएसनले व्यवस्था गर्ने निर्णय भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?